Main News

१४ वर्षकी किशोरीलाई दशकदेखि परिवारले नै किन बाँधेर राखे ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २ गते ७:२५
१४ वर्षकी किशोरीलाई दशकदेखि परिवारले नै किन बाँधेर राखे ? (भिडियोसहित)

२ असोज, २०७७, बुटवल । मानिसलाई पनि बाँधेर राख्छन् भन्ने सुन्दा झट्ट विश्वास नलाग्न सक्छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर १ बनकट्टामा एउटी किशोरीलाई एक दशक भन्दा लामो समयदेखि बाँधेर राखिएको छ ।

रुपन्देहीको बनकट्टाका खेमबहादुर दमाईका तीन सन्तान मध्ये २ छोरी अपाङ्गता भएका छन् । त्यस मध्ये कान्छी छोरी सुकमाया जो मानसिक रोगी छिन् । र १४ वर्षकी छोरीलाई यसरी बाँधेर राख्नु खेमबहादुर दम्पत्तीको बाध्यता छ ।

बाबु आमाले यसरी बाँधेको खाटनै सुकुमायाको सन्सार हो । छोरीको अवस्था देखेर आमाबाबुको मन सधैं कुँडिन्छ । घरमा पुग्ने जो कोहीका पनि आँखा रसाउँछन् । तर पनि आर्थिक अवस्था गतिलो नभएकाले यो सबै सहनु परेको छ ।

सुकुमाया सानै हुँदा एक पटक लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गराउँदा डाक्टरले मानसिक समस्या छ भने । त्यसपछि सुकुमायाको उपचारमा कुनै पहल भएन ।

छोरा रोजगारीका लागि भारत गएका छन्, बुवा आमा गाउँ घरमा ज्याला मजदुरी गर्छन जस्ले गर्दा आधा पेट खान पुगेको छ ।

२०६७ सालमा गुल्मीबाट बसाई सरेर सैनामैनामा आएका दमाई परिवारले यही कटेरोमा जीवन कटाई रहेको छ । यसले कसैलाई भोको हुन नदिने र सबैलाई शिक्षा दिने सरकारी दावीलाई गिज्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *