Main News

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि सभापति देउवा होम आइसोलेसनमा

हिमालय टिभी
२०७७ असोज १ गते १५:१५
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि सभापति देउवा होम आइसोलेसनमा

१ असोज, २०७७ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेपछि होम आइसोलेसनमा बस्नुभएको छ ।

नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण देखिएपछि देउवा आइसोलेसनमा बस्नुभएको हो ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परिक्षण गर्ने उहाँका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

देउवा होम आइसोलेसनमा बसेपछि आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको छलफल पनि स्थगित भएको छ । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *