Main News

विश्व बिरामी सुरक्षा दिवस आज नेपालमा पनि मनाइँदै

हिमालय टिभी
२०७७ असोज १ गते ९:५१
विश्व बिरामी सुरक्षा दिवस आज नेपालमा पनि मनाइँदै

१ असोज, २०७७ काठमाडौं । आज विश्व बिरामी सुरक्षा दिवस नेपालमा पनि मनाइँदैछ ।

यस वर्ष ‘सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी’ भन्ने नाराका साथ नेपाल पनि दोस्रो बिरामी सुरक्षा दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको छ।

विश्व नै कोरोना महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ ।

सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन आग्रह गरेको छ । यस अवसरमा आज बेलुका ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायतले शुभकामना दिंदै महामारीबाट बच्न अनुशासन र सजगताको पालना गर्न आग्रह गर्नुभएको छ ।

साथै कोरोनाको प्रभावकारी उपचार, महामारी रोकथाम र नागरिकको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *