पूर्व प्रधानन्यायाधीशको निधनको शोकमा आज देशभरका अदालत बन्द

Himalaya Television
२०७७ असोज १ गते ९:४५

पूर्व प्रधानन्यायाधीशको निधनको शोकमा आज देशभरका अदालत बन्द

१ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतका एकजना पूर्वप्रधानन्यायाधीशको निधनको शोकमा आज देशभरका अदालत बन्द भएका छन् ।

सर्वोच्चले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो ।

सर्वोच्चको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश सिंहको एक सय वर्षको उमेरमा मंगलबार राती काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs