Main News

आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजाआजा गरिँदै

हिमालय टिभी
२०७७ असोज १ गते ७:३८
आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजाआजा गरिँदै

१ असोज, २०७७ काठमाडौं । आज निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी मनाइँदैछ ।

वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढ लगायत कारखानामा उत्पादित सामाग्रीको पूजा गरी मनाइदैछ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ ।

विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे भन्ने धार्मीक विश्वास रहिआएको छ । त्यसैले उनी देवताका पनि आदरणीय थिए ।

यही सम्झनामा नेपालका कालीगढहरूले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने गरेका छन् ।

आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *