Main News

उपत्यकामा व्यापार व्यवसाय खुला, सार्वजनिक यातायात खुले पनि जोरविजोर कायमै

हिमालय टिभी
२०७७ भदौ ३१ गते २१:००
उपत्यकामा व्यापार व्यवसाय खुला, सार्वजनिक यातायात खुले पनि जोरविजोर कायमै

३१ भदौ, २०७७ काठमाडौं । सरकारले भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर कायमै राखिएको छ ।

तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको छलफलले यस अघि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत राख्ने निर्णय गरेको हो । प्रशासनले बिहीबार एक सूचना समेत जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको जनाएको छ ।

त्यस्तै जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ । मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन ।

बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले भोलिदेखि १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *