आधा मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न नसक्ने वायुसेवा सञ्चालकको अडान
३१ भदौ, २०७७ काठमाडौं । विमान कम्पनी सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसक्ने बताएका छन् ।
निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले आधा यात्रु मात्र राखेर उडान गर्न नसक्ने बताएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा व्ययवसायीले यस्तो अडान राखेका हुन् । शत प्रतिशत यात्रु राख्न दिन व्यवसायीको माग छ ।
यद्यपि मन्त्रालयले भने मन्त्रपरिषदबाट आधा यात्रु मात्र राख्न पाउने निर्णय भएकाले व्यवसायीलाई सोही अनुरुप गर्न भनेको छ ।
मन्त्रालयले सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने प्रस्ताव व्यवसायी समक्ष गरेको छ । तर व्यवसायीले भने भाडा बढाउँदा यात्रुलाई महँगो पर्ने भएकाले यात्रु संख्या नै बढाउनु पर्ने माग गरेका छन् ।
यात्रुको संख्यामा सहमति भए असोज ५ गतेदेखि आन्तरिक उडान सुरु गर्न सकिने व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया