Main News

भोलिदेखि सञ्चालन हुने लामो दूरीको यातायातको यस्तो छ तयारी

हिमालय टिभी
२०७७ भदौ ३१ गते १८:४४
भोलिदेखि सञ्चालन हुने लामो दूरीको यातायातको यस्तो छ तयारी

३१ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण ६ महिनादेखि बन्द लामो दूरीका सवारी साधन भोलिदेखि सञ्चालनमा आउने भएका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त विज्ञप्ति निकाल्दै लामो तथा मध्यम दुरीका सबै गाडी सञ्चालनमा आउने बताएका हुन् ।

लामो समयदेखि बन्द सार्वजनिक यातायात सञ्चालनको अनुमती दिएकोमा व्यवसायी र मजदुरले सरकारलाई धन्यवाद दिएका छन् । सरकारले थप ५० प्रतिशत भाडा वृद्धि गर्दै लामो दूरीका सार्वजनिक यातायात भोलिबाट खुल्ला गरेको छ ।

सरकारले कार्यविधि र स्वास्थ्य मापदण्ड अप्नाएर बस सञ्चालान गर्न भनेको छ । तर भोलिबाट लामो दूरीको बस चल्ने भए पनि बस संचालनको कार्यविधि भने अहिलेसम्म बनिसकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *