राजनीति

पार्टीमा फरक मत नभई सुझाव मात्र राखेको हुँः नेता नेपाल

हिमालय टिभी
२०७७ भदौ ३१ गते १८:०५
पार्टीमा फरक मत नभई सुझाव मात्र राखेको हुँः नेता नेपाल

३१ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पार्नुभएको छ ।

पार्टी भित्र सहमति भइसक्दा समेत असन्तुष्टि जनाउनुभएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझबढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताउनुभएको हो ।

बुधबार न्यस्ज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ट नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित र मौखिक रुपमा सुझावहरु दिएको उल्लेख गर्दै आफुले राखेका विषयहरुलाई पनि सुझावका रुपमा लिनुपर्ने बताउनुभयो ।

आफुले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न सहयोग गर्ने बताउनुभयो ।

अधिकतम उद्देश्यलाई पुरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफुले सहमतिलाई मजबुत बनाउन र अझबढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको स्पस्ट पार्नुभयो ।

यस्तै नेता नेपालले महाधिवेसन पछि बन्ने पार्टीका संरचनाहरु छरितो हुनुपर्ने बताउनुभएको छ । उहाँले पार्टीका विभिन्न संगठन तथा कमिटीहरु छरितो भएमात्रै संगठन गतिशिल हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थालेहुन्छ । टाउको ठूलो भूडि ठूलो भयो भने त्यो मान्छे रोगि हो भनेर बुझ्नुभएहुन्छ । जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तो सुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतिको सामना गर्नसक्छ । पार्टीको हकमा पनि त्यही लागू हुन्छ । पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुप¥यो, जिउ सिलिम हुनुप¥यो, कमिटिहरु सिलिम हुनुप¥यो ।’

वरिष्ठ नेता नेपालले भदौ २५ गते स्थायीक कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गर्नुभयो । साथै आफुले लामो समय देखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएको समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्