Main News

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनःनियुक्त गर्न माग गर्दै प्रदर्शन

हिमालय टिभी
२०७७ भदौ ३१ गते १७:११
विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनःनियुक्त गर्न माग गर्दै प्रदर्शन

३१ भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको हो । प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो ।

भदौ २९ देखि प्राधिकरणबाट विदाइ भएका कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडक र सामाजिक सञ्जालबाट दबाब बढेको छ ।

कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा भेला, प्रदर्शन गर्न रोक लगाइएकाले हस्तक्षेप गरेको प्रशासनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *