Main News

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

हिमालय टिभी
२०७७ भदौ ३१ गते १३:३६
कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

३१ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ ।

कोरोना संक्रमण पुष्टि पश्चात होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको हो । कोइराला चावहिलस्थित ओम अस्पताल भर्ना हुनु भएको छ ।

अहिले ज्वरो कम भएको र आइसीयुमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोइरालामा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *