Main News

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ ३१ गते १३:०९
गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

३१ भदौ, २०७७ काठमाडौं । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका चार जिल्लाका ५० जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये कास्कीका मात्रै २९ जना रहेका छन्।

यस्तै गोरखाका १३, तनहुँका ५ तथा बाग्लुङका ३ जनामा संक्रमण भएको छ । पोखरा महानगरपालिका–४ का ८ जना पुरुष नेपाल प्रहरीका हुन् ।

पोखरा महानगरपालिकाका ४ जना, तनहुँको घिरिङका ३ जना र बाग्लुङका २ संक्रमित भारतबाट आएर क्वारन्टिनमा बसिरहेका व्यक्ति हुन्।

यस्तै धरानमा ६ जना प्रहरीसहित २६ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संक्रमण पुष्टि भएका मध्ये इलाका प्रहरी कार्यालयका ४ जना र वडा प्रहरी कार्यालयका २ जना प्रहरी छन् ।

यसैगरी, धरान १३, फुस्रेस्थित सैनिक क्याम्पका ७ जना सेनालाई पनि संक्रमण भएको छ ।

यस्तै, हिजो मृत्यु भएका ७० वर्षीय कोरोना संक्रमित वृद्धका परिवारका सहित वडा नम्बर १७ मा १० जनालाई संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *