स्वास्थ्यमा गम्भीर असर गर्ने थप चार वटा स्यानिटाइजर प्रयोग नगर्न आग्रह

३१ भदौ, २०७७ कठमाडौं । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप ४ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।
चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो।
ती स्यानिटाइजरमा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको र यसको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भएकाले सर्वसाधारणले प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरुको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि विभागले सरोकारवाला निकायलाई सूचित गरेको छ।
विभागले यसअघि काठमाडौंका चार र भक्तपुरको एउटा गरी पाँच कम्पनीका ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको थियो ।
प्रतिक्रिया