पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त
३० भदौ, २०७७ काठमाडौं । पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको छ ।
मन्त्रिपरिषदको बैठकले १० दिन अघि पदमुक्त भएका खतिवडालाई नयाँ र विशेष जिम्मेवारी दिएको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री स्तरको सुविधा पाउने गरी खतिवडालाई नियुक्त गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चाहँदाचाहँदै पनि राष्ट्रियसभा सदस्यमा निरन्तरता दिन नसकेपनि पछिल्लो निर्णयमार्फत खतिवडालाई साथमै राख्नुभएको छ ।
अर्थमन्त्रालय आफैसँग राखेर खतिवडाको सल्लाहमा अर्थमन्त्रालय चलाउने गरी प्रधानमन्त्रीले यो कदम चालेको बताइएको छ ।
पार्टी भित्रको शक्ति संघर्षका कारण प्रधानमन्त्री ओली खतिवडाको ठाउँमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्न बाध्य हुनुभएको थियो ।
प्रतिक्रिया