Main News

उपत्यकामा ६७६ सहित १४५९ नयाँ कोरोना संक्रमित थपिए, काठमाडौंमा ५ सहित ११ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ३० गते १६:३६
उपत्यकामा ६७६ सहित १४५९ नयाँ कोरोना संक्रमित थपिए, काठमाडौंमा ५ सहित ११ जनाको मृत्यु

३० भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १४ सय ५९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृतकको संख्या ३ सय ७१ पुगेको छ । यस्तै ५६ हजार ७ सय ८८ संक्रमित भएका छन् । पछिल्लो पटक काठमाडौंका चार जनाको संक्रमणबाट ज्यान गएको छ ।

काठमाडौंकी ८६ वर्षीया महिला तथा ३४, ६६ र ९६ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै सर्लाहीका ६४ वर्षीय पुरुष, सिरहाकी ३५ वर्षीया महिला, बाराकी ५५ वर्षीया महिला, रुपन्देहीकी ६४ वर्षीया महिला, मकवानपुरका ६१ वर्षीय पुरुष र कपिलवस्तुका ५८ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये झण्डै आधा काठमाडौं उपत्यकाका छन् । उपत्यकाका तीन जिल्लामा ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये काठमाडौंका मात्रै ५ सय ५५ जना छन् । भक्तपुरमा ८६ र ललितपुरमा ३५ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकापछि सबैभन्दा बढी सिरहामा १ सय ६२ नयाँ संक्रमित भेटिएका छन् । यो संख्या उपत्यकावाहिरका जिल्लामा एकैदिन भेटिएको अहिलेसम्मकै उच्च हो । मोरङमा पनि १ सय ११ जना संक्रमित थपिएका छन् ।

यस्तै मकवानपुरमा ८७, रुपन्देहीमा ५१ र चितवनमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक १ हजार ६२ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । गत २४ घण्टामा १० हजार ३ सय ७५ नमूनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७ हजार २५० जना रहेका छन् भने होम आईसोलेशनमा ७ हजार ६४० रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ८ हजार १३९ जना रहेका छन् ।

देशका विभिन्न अस्पतालमा कोरोना संक्रमितका २८ जना विरामीको चिकित्सकको निगरानीमा भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै आईसीयूमा रहेका बिरामीको संख्या १७४ जना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *