Main News

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गिरीलाई कोरोना पुष्टि

हिमालय टिभी
२०७७ भदौ ३० गते १३:०८
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गिरीलाई कोरोना पुष्टि

३० भदौ, २०७७, धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. गिरीले सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो ।

कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा डिनका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको उहाँले बताउनुभएको छ ।

प्रतिष्ठानले कोरोना विशेष अस्पतालमार्फत कोरोना संक्रमितका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आइपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी योजना तथा रणनीति तय गर्न दैनिक कार्यालयकै काममा रहेको बेला संक्रमित भएको उहाँले बताउनुभएको छ ।

चिकित्सक गिरी संक्रमण पश्चात् आफ्नै निवासमा लक्षणविहीन अवस्थामा आइसोलेसनमा रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *