Main News
पर्सामा उपचारका क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ ३० गते ७:४०

३० भदौ, २०७७ पर्सा । पर्साको नारायणी अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको डुम्बारवानकी ५५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
मधुमेह तथा उच्च रक्तचापकी बिरामी महिला हिजो बिहान ११ बजे उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन्।
उनको श्वासप्रश्वासमा समस्या भएर अचानक नारायणी अस्पतालको आइसीयूमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
उनको मृत्युपछि जिन एक्सपर्ट रिपोर्ट पोजिटिभ आएको हो। योसँगै वीरगञ्जमा कोरोना संक्रमणको कारण बाराका १७ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया