Main News

मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

हिमालय टिभी
२०७७ भदौ २९ गते १७:५२
मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

२९ भदौ, २०७७ काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।

सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामग्री कम्पनी लिमिटेडले पत्राचार गरेको छ ।

यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो । ५–५ करोड रुपैयाँ धरौटी पनि जफत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *