Main News

सिन्धुपाल्चोक पहिरोमा थप दुई जनाको शव फेला, मृत्यु हुने १३ पुगे, १८ जना अझै बेपत्ता

हिमालय टिभी
२०७७ भदौ २९ गते १३:१४
सिन्धुपाल्चोक पहिरोमा थप दुई जनाको शव फेला, मृत्यु हुने १३ पुगे, १८ जना अझै बेपत्ता

२९ भदौ, २०७७ काठमाडौं । सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ ।

योसँगै पहिरो परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । बेपत्ता १८ जनाको खोजी भइरहेको छ ।

घुम्थाङ भीरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिका विकको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार राति गएको पहिरोले बाह्रबिसे नगरपालिका ७ को घुम्थाङ भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका थिए।

पहिरोमा बेपत्ताहरुको आज बिहानैदेखि खोजी कार्य भइरहेको छ । जोखिममा रहेको वस्तिका बासिन्दालाई भने अहिले सुरक्षित स्थानमा सारिएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *