Main News

विवादास्पद ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

हिमालय टिभी
२०७७ भदौ २९ गते १३:१०
विवादास्पद ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

२९ भदौ, २०७७ काठमाडौं । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेल भएपनि संसदीय समितिहरुले पनि कालोसूचीमा राख्न दबाब दिएका थिए ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा आजदेखि लागू हुने गरी ओम्नी कालोसूचीमा राखेको जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नीसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएपछि सरकारको आलोचना भएको थियो ।

विभागले पनि मन्त्रालयले बनाएको कोटेशनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *