फेरि निषेधाज्ञा लगाउनुपर्ने अवस्था सिर्जना नगर्न जिल्ला प्रशासन काठमाडौंको आग्रह

२९ भदौ, २०७७ काठमाडौं । सरकारको आदेशविपरीत व्यापार सञ्चालन गरिए फेरी काठमाडौंमा निषेधाज्ञा जारी गर्ने अवस्था आउन सक्ने भन्दै नियम अनुसार गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिँदा आदेशविपरीत व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर निषेधाज्ञा गर्ने वातावरण बन्ने बताउनुभयो ।
कोरोना संक्रमण नफैलियोस भनेर सरकारले व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको प्रजिअ दाहालले स्पष्ट पार्नुभयो ।
आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भइरहेकासमेत दाहालले जानकारी दिनुभयो । सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उहाँको आग्रह छ ।
प्रतिक्रिया