Main News

कोरोना संक्रमितको आत्मबल बढाउन असोज १ गते दीप प्रज्वलन गर्न आग्रह

हिमालय टिभी
२०७७ भदौ २८ गते १८:४९
कोरोना संक्रमितको आत्मबल बढाउन असोज १ गते दीप प्रज्वलन गर्न आग्रह

२८ भदौ, २०७७ काठमाडौं । सरकारले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितको मनोबल बढाउन दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा। तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मान र संक्रमितको मनोबल बढाउन असोज एक गते घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको हो ।

यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *