Main News

पीसीआर टेष्टको शुल्क घट्यो, निजी वा सरकारी ल्याबमा दुई हजारमा परीक्षण

हिमालय टिभी
२०७७ भदौ २८ गते १७:५१
पीसीआर टेष्टको शुल्क घट्यो, निजी वा सरकारी ल्याबमा दुई हजारमा परीक्षण

२८ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क फेरि घटाएको छ ।

अब सरकारी र निजी सबै प्रयोगशालामा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुरुमा पीसीआर टेष्टको शुल्क पाँच हजार ५ सय तोकिएको थियो । पछिल्लो समय घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *