Main News

नेपालमा थप १०३९ कोरोना संक्रमित थपिए, ११७३ डिस्चार्ज, थप ९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २८ गते १६:३६
नेपालमा थप १०३९ कोरोना संक्रमित थपिए, ११७३ डिस्चार्ज, थप ९ जनाको मृत्यु

२८ भदौ, २०७७, काठमाडौं । नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले कुल पीसीआर परीक्षण संख्या ८ लाख ४० हजार ५२७ पुगेको जानकारी दिनुभयो । उहाँले विगत २४ घण्टामा ९ हजार १६५ आटा पीसीआर परीक्षण गरिएको बताउनुभयो ।

यसैगरी काठमाडौं उपत्यकामा ५ सय ९७ सहित एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर संक्रमितको संख्या ५४ हजार एक सय ५९ पुगेको छ । आज पनि सबैभन्दा धेरै काठमाडौंमा चार सय ८३ संक्रमित थपिएका छन । भक्तपुरमा ८१, मोरङमा ७१, बर्दियामा ६१, धादिङमा ३४, ललितपुरमा ३३, रुपन्देहीमा ३१ तथा लमजुङ र चितवन २७र २७ जना संक्रमण थपिएका छन । यस्तै सर्लाहीमा २२ नवलपरासी पूर्वमा २०, बाँकेमा १७ कञ्चनपुरमा १४ र धनुषामा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप थप १ हजार १७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३८६९७ पुगेको छ । हाल क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन् । त्यसैगरी होम आईसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा ७ हजार ७७० जना छन् रहेका छन् । नेपालमा हाल संक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट काठमाडौंमा छ सहित ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६५ वर्षीय दुई महिला, ५९, ६४ वर्षीय र ७० वर्षीय चार जना पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

यसैगरी मोरङमा ६९ वर्षीय पुरुष, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *