Main News

ठुला मुद्दाको तत्काल अनुसन्धान थाल्न अख्तियारसँग ट्रान्सपरेन्सी इन्टरनेशनको आग्रह

हिमालय टिभी
२०७७ भदौ २८ गते १५:०५
ठुला मुद्दाको तत्काल अनुसन्धान थाल्न अख्तियारसँग ट्रान्सपरेन्सी इन्टरनेशनको आग्रह

२८ भदौ, २०७७ काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले तामेलीमा राखिएका ठूला मुद्दाको तत्काल अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विज्ञप्ती निकालेर तामेलीमा राखिएको आयल निगमको जग्गा खरिद प्रकरणको फाइल व्यूँत्याएर तत्काल अनुसन्धान अघि बढाउन आग्रह गर्नु भएको हो ।

संसदका विभिन्न चारवटा संसदीय समिति, महालेखा परीक्षकको कार्यालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतले आयल निगमको जग्गा खरिद प्रकरणमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ । तर आयोगले यो मुद्दा तामेलीमा राखेपछि ट्रान्सपरेन्सीले आपत्ति जनाएको हो ।

यसैगरी वाईडबडी जहाज खरिद , न्यारो बडी जहाज खरिद, नेपाल ट्रष्टको जग्गा , सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन सञ्चारमन्त्रीको अडियो प्रकरणमा पनि तत्काल अनुसन्धान अघि बढाउन ट्रान्सपरेन्सील माग गरेको छ । ट्रान्सपरेन्सीले स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको अनियमितताबारे पनि अनुसन्धान हुनुपर्ने माग गरेको छ ।

निष्पक्षता र निर्भिकतापूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाव र प्रभावमा परी ठूला भ्रष्टाचारका मुद्दा नचलाउने गरी तामेलीमा राखेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ठहर छ ।

प्रशासनिक तहमा हुने भ्रष्टाचारका साथै राजनैतिक नेतृत्व तहको संलग्नता एवं नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित गरेर साख जोगाउन पनि ट्रान्सपरेन्सी इन्टरनेशनलले आयोगलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *