Main News

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको पदावधि आज सकिँदै

हिमालय टिभी
२०७७ भदौ २८ गते १३:२३
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको पदावधि आज सकिँदै

२८ भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ ।

२०७३ भदौ २९ मा प्रबन्ध निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर बिदा हुँदै हुनुहुन्छ । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ भन्ने चासो बढेको छ।

प्राधिकरणको नयाँ प्रबन्ध निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने चर्चा सुरु भएको तीन साता बितिसकेको छ ।

अहिलेसम्मको स्थितिमा घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। घिसिङलाई नै प्राधिकरणको प्रबन्ध निर्देशकमा दोहोर्‍याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको बताइएको छ । तर यस पटक उहाँलाई दुई वर्षका लागि मात्र जिम्मेवारी दिने तयारी भएको चर्चासमेत चलेको छ ।

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले प्रबन्ध निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने गरी मन्त्रालयले प्रस्ताव लैजाने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

अहिलेसम्म कसैले पनि उम्मेदारी दाबी पेश नगरेका कारण पनि घिसिङलाई नै निरन्तरता दिने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *