Main News

चितवनमा होम आइसोलेसनमा बसेकी एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २८ गते १३:१६
चितवनमा होम आइसोलेसनमा बसेकी एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु

२८ भदौ, चितवन । कोरोना भाइरस संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।

चितवनमा होम आइसोलेसनमा बसेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो।

दीर्घ रोगी उनको भदौ ११ गते नमूना संकलन गरिएको थियो । भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् ।

यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *