नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
२८ भदौ, २०७७, वीरगञ्ज । बारा र पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पीसीआर परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमण पुष्टि हुनेमा २० वर्षदेखि ६० वर्ष उमेर समूहका रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो।
उहाँका अनुसार थपिएका संक्रममितमध्ये पर्साका ३ जना र बाराका ३ जना रहेका छन्। थपिएका सबै संक्रमित पुरूष हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० का दुईजनामा संक्रमण पुष्टि भएको छ भने एकजना वीरगन्जस्थित आर्मी ब्यारेकका हुन्।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ र १५ का एकएक जना गरी दुई जनामा संक्रमण देखिएको छ भने कोल्भी नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा शनिबार राति २ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया