Main News

गण्डकी प्रदेशमा १६ जना नेपाली सेनासहित ३२ जनाका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २८ गते ९:२३
गण्डकी प्रदेशमा १६ जना नेपाली सेनासहित ३२ जनाका कोरोना संक्रमण पुष्टि

२८ भदौ, २०७७, पोखरा । गण्डकी प्रदेशमा आज १६ जना नेपाली सेनासहित थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्य लम्जुङको सुन्दर बजारका १६ जना र वेसीशहरका २, नवलपुरका ८, स्याङ्जाका ४ र कास्कीका २ जना रहेका छन् ।

पोखरा महानगरपालिका १६ का २० बर्षीया महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन् भने लमजुङ सुन्दरबजार ९ का १६ जना पुरुष नेपाल आर्मीमा कार्यरत छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *