Main News

लकडाउन र निषेधाज्ञाले निर्माण उद्योग ठप्प, मजदुर भोकै बस्नुपर्ने अवस्था (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २८ गते ६:४६
लकडाउन र निषेधाज्ञाले निर्माण उद्योग ठप्प, मजदुर भोकै बस्नुपर्ने अवस्था  (भिडियोसहित)

२८ भदौ, २०७७, काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योग बन्द छन् ।

त्यसको असर उद्योगीमा मात्र नभएर श्रमिकमा पनि परेको छ । लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि नहुँदा उद्योगी समस्यामा छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन हुँदा निर्माण क्षेत्रका इटा, क्रसरलगायतका उद्योग पनि बन्द रहे । तर पनि सरकारलले यी क्षेत्रलाई कोरोना संक्रमणको असर परेको क्षेत्रको सूचिमा राखेको छैन । जसको अर्थ हो लकडाउन र निषेधाज्ञामा पनि निर्माण क्षेत्र कुनै न कुनै रुपमा सञ्चालन भइरहेको छ भन्ने हो । तर निर्माण उद्योगी भने त्यसमा सहमत छैनन् ।

क्रसर उद्योगमा मात्रै होइन लकडाउनका कारण इट्टा उद्योगमा पनि समस्या भएको छ । काचो इटा पोल्ने बाहेकका कुनै काम हुन सकेको छैन । अहिले बजारमा समेत इटाको माग छैन ।

लकडाउन अघि नै उत्पादन भएको इटा विक्री नभएकाले अर्को सिजनको मागलाई धान्न सक्ने इटा मौज्दाद छ । तर श्रमिकको व्यवस्थापन उद्योगीहरुका लागि मुख्य चुनौति हो ।

भक्तपुरमा सञ्चालित ६२ वटा इटा उद्योगमा करिब ३५ हजार कामदार कार्यरत छन् । विभिन्न जिल्लाबाट र भारतबाट समेत कामदार ल्याउनुपर्ने भएकाले कोरोना संक्रमणको व्यवस्थापनमा चुनौति छ। तसर्थ सरकारले यस्ता उद्योगीहरुका लागि छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने उद्योगीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *