Main News

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो, प्रवेश नाकामा जाँच झनै फितलो

हिमालय टिभी
२०७७ भदौ २७ गते १७:०१
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो, प्रवेश नाकामा जाँच झनै फितलो

२७ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गए पनि उपत्यका भित्रिने नाकामा जाँच फितलो बन्दै गएको छ ।

निषेधाज्ञापछि केही कडाई गरिएको जाँच निषेधाज्ञा खुकुलो भएसँगै झन फितलो बन्दै गएको छ । खाद्यान्न, तरकारी र फलफुल, दुध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारी मात्रै भित्रिन दिए पनि जाँच भने खासै गरिएको छैन ।

आज नागढुंगा नाका भएर भित्रिने सवारी प्रहरीले जाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइएको छ ।

उता साँगा नाकामा सवारीको चाप कम देखिए पनि जाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाइएको छैन । उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गरिरहेको छ ।

यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन । सरकारले नै जिल्लाभित्र मात्रै छोटो दुरीका सवारी सञ्चालनको अनुमति दिएको छ । लामो दुरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *