Main News

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३४ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २७ गते १३:०१
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३४ जनामा कोरोना संक्रमण पुष्टि

२७ भदौ, २०७७ काठमाडौं । आज थप १ सय ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

चितवनमा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा थप ८७ जना र चितवन मेडिकल कलेज कोभिड ल्याबको परीक्षणमा २४ जनासहित १ सय ११ जना संक्रमित भेटिएका हुन् ।

भरतपुर अस्पतालमा ५ सय ३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७ जना संक्रमण देखिएको हो। संक्रमित हुने ३ देखि ९० वर्षसम्मका रहेको अस्पतालले जनाएको छ।

भरतपुर महानगरपालिकामा मात्रै ७३ जना संक्रमित थपिएका छन्‌। यस्तै, रत्ननगरका २ जना, खैरहनीका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरू सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको छ।

त्यस्तै चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा चितवनका ११ र बाँकी अन्य जिल्लाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । यस्तै नवलपरासी पूर्वका ८ जना, बाँके, काठमाडौं, रुपन्देही, तनहुँ र लमजुङका एक/एक जना रहेका छन् ।

उता बारा र पर्साका थप २३ मा संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा ३ सय १५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमतिमध्ये पर्साका ९ र बाराको १४ जना रहेका छन् ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार संक्रमित हुनेमा ५ जना महिला र १८ जना पुरुष रहेका छन् । नारायाणी अस्पतालको क्वाटर र वीरगञ्ज हेल्थ केयरमा कार्यरत दुईदुई जना संक्रमित थपिएका छन् ।

सखुवा प्रसौनी र पर्टेवा सुगौलीमा एक र एक जनामा कोरोना पोजिटिभ देखिएको छ ।

त्यस्तै बाराको कलैया नगरपालिका विभिन्न वडामा ६ जनामा, निजगढ नगरपालिका र इलाका प्रहरी कार्यलय निजगढमा गरी ८ जना जना संक्रमित थपिएको प्रवक्ता डा. चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *