राजनीति

कार्यकारी भूमिकामा प्रचण्ड– ‘सेन्टर’ मा ‘सिट’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते २०:५६
कार्यकारी भूमिकामा प्रचण्ड– ‘सेन्टर’ मा ‘सिट’ (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी भूमिका शुरु गर्नुभएको छ । स्थायी कमिटी बैठकमा प्रचण्डको अध्यक्षता र आसन परिवर्तनले त्यसैको संकेत गरेको छ ।

पार्टी एकता भएपनि कार्यकारी भूमिका पाइनँ भनेर प्रचण्डले गुनासो गर्दै आउनुभएको थियो । ०७६ मंसिर ४ गते प्रचण्डले कार्यकारी भूमिकामा पार्टी चलाउने निर्णय भएपनि पहिलो वरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएन ।

बरु निर्णय भएको केही दिनमै म नै कार्यकारी हो भनेर अन्तर्वार्ता दिनुभयो । त्यसपछि प्रचण्डले कार्यकारी फिल गर्न पाइनँ भनेर अन्तर्वार्ता दिनुपर्यो । यो रस्साकस्सी लामै चल्यो । तर शुक्रवार नेकपाको स्थायी कमिटी बैठकमा अहिले फरक दृश्य देखियो । जहाँ प्रचण्डको भूमिका बढेको सन्देश प्रवाह गरियो । किनकी यसपटकदेखि प्रचण्डको बस्ने ठाउँ नै परिवर्तन भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड सेन्टरमा बस्नुभएको छ । बैठकको ‘ सिट प्लानले प्रचण्डको भूमिका बढेको स्पष्ट संकेत गर्छ । प्रचण्डको दाँया र बाँयातिर २–२ जना नेता छन्।

प्रचण्डको दाँयातिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल हुनुहुन्छ भने बाँयातिर बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम हुनुहुन्छ । यसअघिका बैठकमा ‘सेन्टर’ ओली बस्नुहुन्थ्यो ।

प्रचण्डको कार्यकारी भूमिका व्याख्या गर्दै स्थायी कमिटी बैठकले पछि पारित गर्यो । तर ओलीसँगको पूर्व सहमति अनुसार नै प्रचण्डको कार्यकारी भूमिका बैठकमा देखिएको छ । संभवतः नेकपा भित्रको साढे दुई महिना लामो संघर्षपछिको नयाँ सहमति यही हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्