फुटपाथ र ठेला व्यापारमा प्रतिबन्ध लगाउन काठमाडौं महानगरपालिकाको माग

Himalaya Television
२०७७ भदौ २६ गते १४:१९

फुटपाथ र ठेला व्यापारमा प्रतिबन्ध लगाउन काठमाडौं महानगरपालिकाको माग

२६ भदौ, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखेर फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न आग्रह गर्नुभएको छ ।

यसअघि काठमाडौं उपत्यकाको निषेधाज्ञामा बन्द गरिएको फुटपाथ तथा ठेलाको ब्यापार भदौ २४ गतेदेखि खुला गरिएको थियो ।

फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने उपप्रमुख खड्गीको तर्क छ ।

यस्ता व्यापारीले स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन रहेको र त्यसको प्रभावकारी अनुगमन गर्नसमेत समस्या हुने पत्रमा उल्लेख छ ।

यस्ता व्यापारीमा कोरोना संक्रमण देखिएमा प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङसमेत गर्न नसकिने भन्दै उपप्रमुख खड्गीले फुटपाथ तथा ठेला व्यापार नियन्त्रण गर्ने महानगरपालिकाको नीति भन्दै यसलाई बन्द गर्ने गरी आदेश जारी गर्न माग गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs