Main News

कोरोना महामारीमा यसरी सबैको सहयोगी बन्यो राष्ट्रिय आविस्कार केन्द्र (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १३:४१
कोरोना महामारीमा यसरी सबैको सहयोगी बन्यो राष्ट्रिय आविस्कार केन्द्र (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीका बीच स्वास्थ्य सामग्री प्रयाप्त मात्रामा उपलव्ध हुन सकेको छैन । संक्रमितको उपचारका लागि अत्यावश्यक स्वास्थ्यसामग्री समेत उपलब्ध हुन गाह्रो छ ।

यस्तो अवस्थामा राष्ट्रिय आविष्कार केन्द्रले भने स्वास्थ्य सामग्री बनाउँदै निशुल्क वितरण गरिरहेको छ । केन्द्रले पछिल्लो पटक कसरी काम गरिरहेको छ ?

६ महिना अगाडी नेपालमा कोरोना संक्रमण देखिएसँगै राष्ट्रिय आविष्कार केन्द्र समग्री निर्माणमा जुटेको थियो । सुरुमा स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बनाएको केन्द्रले अहिले कोरोना संक्रमित, अस्पताल, स्वास्थ्यकर्मी, आम नागरिकको लागि आवश्यक स्वास्थ्य सामग्री तयार पारिरहेको छ ।

केन्द्रले पीपीई, स्वाव कलेक्सन बुथ, एरोसर बक्स, संक्रमितलाई खाने पुर्‍याउने रोबोट, इूभिसी डिस्इन्फेक्सन च्याम्बर, फेस सिल्ड लगायतका समग्री बनाएर अस्पताल र स्वास्थ्यकर्मीलाई निशुल्क वितरण गरिरहेको छ ।

६० वटा स्वाब संकलन बुथ र १२ हजारभन्दा ब९ी पीपीइ सेट वितरण गरिसकिएको छ । संक्रमित व्यक्तिको शल्यक्रियाका क्रममा प्रयोग गरिने एसोसल बक्स ३५ वटा अस्पताललाई दिइएको छ । संक्रमितलाई खान पुर्याउने रोवट बनाउन ८० हजार रुपैयाँसम्म लाग्छ । केन्द्रले दुई वटा अस्पताललाई रोबट पनि दिएको छ । केन्द्रले गम्भीर अवस्थाका संक्रमित राख्ने भेन्टिलेटर लगायतका सामग्री पनि तयार पारिरहेको छ ।

कोरोना संक्रमितलाई अस्पताल लैजाने आइसोलेसन बक्स, एन नाइन्टिफाइव मास्क, अफिस, बैंक लगायतका ठाउँमा डिस्इन्फेक्सनको लागि आवश्यक यूवी ह्यामर जस्ता सामग्री पनि निर्माण भैरहेको छ ।

यी सबै स्वास्थ्य सामग्री सरकारले दिएको बजेटबाट बनेका होइनन् । चिया खाजामा वर्षेनी अर्बौंका बजेट सक्ने सरकारले आविस्कार केन्द्रलाई भने कुनै सहयोग गरेको छैन । बरु देश विदेशमा रहेका मनकारी नेपालीले गरेको सहयोगले केन्द्रको काम अघि बढिरहेको छ ।

यी सबै काम राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाविर पुनको नेतृत्वमा भैरहेको छ । पुनले केन्द्र निर्माण गर्न लामो समयदेखि सरकारसँग सहयोगको याचना गर्नुभयो ।

तर कुनै पनि सरकारले यसमा चासो दिएनन् । पुनले आफ्नै बलबुतामा स्थापना गरेको आविस्कार केन्द्र कोरोना महामारीविरुद्ध भने सबैका लागि सहयोगी बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *