Main News

एसिड आक्रमण पीडितले प्रधानमन्त्रीसँग यसरी बिसाए बिन्ती (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १३:०४
एसिड आक्रमण पीडितले प्रधानमन्त्रीसँग यसरी बिसाए बिन्ती (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । एसिड आक्रमण पीडितले अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा उनीहरुले आफ्नो वेदना सुनाउँदै कारवाहीको माग गरेका हुन् । उनीहरुले उपचार र क्षतिपूर्तिका लागि समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

एसिड आक्रमण पीडितको सबैभन्दा ठूलो गुनासो छ–अपराधीलाई कारवाही भएन । र, यसले उनीहरुको मन भतभती पोल्छ । अथाह पीडा सहेर बाँचिरहेका उनीहरुले यो गुनासो प्रधानमन्त्री, गृहमन्त्री, महान्यायाधिवक्ता र प्रहरी प्रमुखसँग खुलेर राखे ।

एकातिर अपराधीलाई कारवाही हुन्न अर्कोतिर उपचार र क्षतिपूर्तिको अवस्था पनि त्यसमाथि क्रुर सोच भएको जेल गएपनि जेलमा राम्रो देखिएर छुट्छ भन्ने पीडितको अर्को चिन्ता छ ।

त्यसैले भोलि अरु कसैलाई यस्तो आपत नपरोस भनेर पनि अपराधीलाई कारवाही होस भन्ने एसिड आक्रमण पीडितको माग छ । किनकी यसो नभए अपराध रोकिने छैन ।

पीडितले प्रधानमन्त्रीसँग आप्नो पीडा राखेका छन र प्रधानमन्त्रीले उनीहरुको माग सम्बोधन गर्ने गरी कडा कानून ल्याउँछु पनि भन्नुभएको छ । त्यसैले अब त्यो वचनलाई सरकारले कार्यान्वनका लागि ढिलो गर्नुहुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *