Main News

चालक अनुमतिपत्र नवीकरण सेवा आइतबारबाट पुनः शुरु हुने

हिमालय टिभी
२०७७ भदौ २५ गते १९:१६
चालक अनुमतिपत्र नवीकरण सेवा आइतबारबाट पुनः शुरु हुने

२५ भदौ, २०७७ काठमाडौं । सवारी चालक अनुमतिपत्र नवीकरण सेवा आइतबारदेखि पुनः शुरु हुने भएको छ ।

बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आज सूचना निकालेर आइतबारदेखि चालक अनुमतिपत्र नवीकरण कार्य शुरु हुने जनाएको हो ।

सरकारले निषेधाज्ञा जारी गरेसँगै भदौ ३ गतेदेखि बन्द रहेको चालक अनुमतिपत्र नवीकरण सेवा २५ दिनपछि सञ्चालनमा आउन लागेको हो ।

नवीकरण सेवा सुरु भए पनि अन्य सेवा भने अर्को सूचना प्रकाशित नभएसम्म स्थगित रहने कार्यलयले उल्लेख गरेको छ ।

यस्तै लकडाउन र निषेधाज्ञाको अवधिमा म्याद सकिएका सवारी चालक अनुमतिपत्र भदौ मसान्तसम्ममा नविकरण गर्दा जरिवाना नलाग्ने कार्यलयले स्पष्ट पारेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिम देखाउँदै सवारीचालक अनुमती पत्रको परिक्षा, वितरण लगायतका काम चैतदेखि नै बन्द छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *