Main News

नेकपा नेता-कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रतिबन्ध

हिमालय टिभी
२०७७ भदौ २५ गते १९:०९
नेकपा नेता-कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रतिबन्ध

२५ भदौ, २०७७, काठमाडौं । एक अर्का विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका सत्तारुढ नेकपाका नेता कार्यकर्तालाई नराम्रो खबर छ ।

अब उनीहरुले त्यसो गर्न नपाउने भएका छन । सामाजिक संजालमा जथाभावी लेख्न प्रतिबन्ध लगाउने गरी नेकपाले स्थायी कमिटी बैठकमा प्रस्ताव लगेको छ ।

यसबारे भोलि बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्नेछ । पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्ने प्रस्ताव गरिएको छ ।

पार्टी भित्र अराजकता र अनुशासनहीनता एवं गुटबन्दी बढेको र त्यो सामाजिक सञ्जालबाट छताछुल्ल भएको निष्कर्षमा पुगेको हो । नेकपाका नेता कार्यकर्ताले गुटगत आधारमा सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *