Main News

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा चहलपहल बढ्यो (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ भदौ २५ गते १८:४२
निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा चहलपहल बढ्यो (फोटो फिचरसहित)

२५ भदौ, २०७७ काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै काठमाडौंमा चहल पहल बढेको छ ।

प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपछि ब्यापारीले पसल खोल्न थालेका छन् । दुई हप्तासम्म बन्द व्यवसाय खुला गरे पनि पसलमा ग्राहकको उपस्थिति छैन ।

दैनिक उपभोग्यवस्त बेच्ने किरान पसल, डिपार्टमेन्ट स्टोर, फुटपाथका पसल ठेला गाडाका पसल बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने नियम छ । जस अनुसार दिउँसो यी पसल बन्द भए पनि बिहान र बेलुकी खुल्ने छन् । जसले चहल पहल बढ्ने छ ।

३ हप्तासम्म निषेधाज्ञा रहेका कारण यो बिचमा रोकिएका काम गर्न पनि मानिस घर बाहिर निस्किएका छन् । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि उपत्काका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आजदेखि निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

सबै प्रकारका निजी र १६ सिट भन्दा बढी यात्रु क्षमताका गाडी जोर विजोर प्रणालीमा चल्न दिने निर्णय अनुसार आज बिजोर नम्बरका गाडी चलेका छन् । सपिङ्ग मल, जुत्ता चप्पल बेच्ने, फेन्सि पसल सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने छ ।

भाडा र भान्साजन्य सामग्री बेच्ने पसल आइतबार मंगलबार र शुक्रबार खुल्ला हुने छन् । फर्निचर र अटोमोबाइल सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपले पालना गर्नु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *