Main News

असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालनको तयारी, रोक लगाए सरकारलाई बुझाइने

हिमालय टिभी
२०७७ भदौ २५ गते ८:०२
असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालनको तयारी, रोक लगाए सरकारलाई बुझाइने

२५ भदौ, २०७७ काठमाडौं । यातायात मजदुर सङ्गठन र नेपाल यातायात राष्ट्रिय महासङ्घले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् ।

व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने बताएका हुन् ।

सरकारले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने भनेको छ ।

तर व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको भन्दै हिजो विभागलाई जानकारी गराएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

असोज १ देखि सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी सरकारलाई नै बुझाउने व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *