राष्ट्रियसभा सदस्य मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै
२५ भदौ, २०७७ काठमाडौं । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित हुने सदस्य नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने तयारी गरिएको छ ।
गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट सांसद बनाउन सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले दुई पटक निर्णय गरिसकेको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृत नियुक्तिको विषयसमेत प्रस्तावका रुपमा पेश गरिँदैछ । प्राधिकरणका प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिंदैछ ।
उर्जा मन्त्री वर्षमान पुनले घिसिङलाई नै निरन्तरता दिनेगरी प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने घिसिङलाई अन्य कुनै निकायमा जिम्मेवारी दिएर प्राधिकरणमा नयाँ व्यक्ति ल्याउने मनसाय व्यक्त गर्दै आउनुभएको छ ।
प्रतिक्रिया