Main News

पर्सामा घट्दै कोरोना संक्रमितको संख्या

हिमालय टिभी
२०७७ भदौ २५ गते ७:५१
पर्सामा घट्दै कोरोना संक्रमितको संख्या

२५ भदौ, २०७७ पर्सा । कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको पर्सामा संक्रमितको संख्या घट्न थालेको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो पटक दुई सय ९२ जनाको स्वाब परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमतिमध्ये पर्सा र बाराको ७ र७ जना र रौतहटका २ जना छन् ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ५ महिला र ११ पुरुषसहित ६ वर्षय बाललदेखि ७४ वर्षका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नोबिल बैंकका एक जना र महानगरपालिकाको विभिन्न वडाका ६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै बाराको कोल्भि नगरपालिका–६ मा एक जना,भगुवनामा एक जना,महागढीमाई नगरपालिकामा दुई जना र महागढीमाई नगरपालिका तीन जना संक्रमित थपिएका छन् ।

प्रवक्ता डा. चौरसियाका अनुसार संक्रमित हुनेमा रौतहट गरुडा नगरपालिकाकी ७४ वर्षीया महिला र २० वर्षीय पुरुष गरी २ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *