Main News

जितिया पर्वबाट परस्पर सद्भाव र प्रेमको सन्देश प्रवाहः प्रम ओली

हिमालय टिभी
२०७७ भदौ २५ गते ७:४०
जितिया पर्वबाट परस्पर सद्भाव र प्रेमको सन्देश प्रवाहः प्रम ओली

२५ भदौ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्पर सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।

पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको बताउनुभएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको भन्दै प्रधान्त्रीले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान गर्नुभएको छ ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ ।

सप्तमीको बिहान बर्तालुले नदीमा गई तोरीको पिना प्रयोग गरेर नुहाएपछि केही पिनालाई घिरौंँलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *