Main News

स्थानीय तहको सक्रियता, भक्तपुरमा यसरी हुँदैछ स्वाब संकलन (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते १९:५५
स्थानीय तहको सक्रियता, भक्तपुरमा यसरी हुँदैछ स्वाब संकलन (भिडियोसहित)

२४ भदौ, २०७७, भक्तपुर । भक्तपुरका चारै वटा नगरपालिकाले कोरोना संक्रमितका सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरी स्वाब संकलन गर्न थालेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्थानीय तहले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरी स्वाब संकलन तीव्र पारेका हुन् ।

काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दैछ । संक्रमितको सम्पर्कमा आएकाको खोजी गर्न कठिन भइरहेको छ । त्यसैले भक्तपुरका चारै वटा स्थानीय सरकारले नयाँ उपाय अबलम्बन गरेका छन ।

सूर्य विनायक नगरपालिकाले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरी गाडी मै बुथ बनाएर घुम्ती शिविरमार्फत स्वाब संकलन गरिरहेको छ । सूर्य विनायकमा अहिलेसम्म ६ सय जनाको स्वाब संकलन गरी परिक्षण गर्दा करिब ३० प्रतिशतमा संक्रमण देखिएको छ ।

मध्यपुर थिमि नगरपालिकाले १६ सय ७५ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा २ सय ७५ जनामा संक्रमित देखिएको नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकामा ३ सय जनाको स्वाब संकलन गरी परीक्षण गर्दा करिब १० प्रतिशतमा संक्रमण देखिएको छ । भक्तपुर नगरपालिकाभित्र ८ सय ५० जनाको स्वाव संकलन गरी परिक्षण गर्दा करिब ३० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

भक्तपुरमा अहिलेसम्म ८ सयभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । दुईसय भन्दा धेरै उपचारपछि निको भएर घर फर्किसकेका छन् । १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितको खोजी गर्ने नगरपालिकाहरुको प्रयासले क्षति कम गर्न र संक्रमण फैलिन नदिन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *