Main News

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २४ गते १२:५८
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जना संक्रमित थपिए

२४ भदौ, २०७७ काठमाडौं । आज थप ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३७ जनामा संक्रमण देखिएको छ । २ सय ९० जनाको स्वाब परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमतिमध्ये २२ जना रौतहट, ९ जना बारा र ६ जना पर्साका छन् । त्यस्तै संक्रमित हुने २८ पुरुष तथा ९ महिलासहित ४ वर्षीय बालकदेखि ६७ वर्षका ३७ जना छन् । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा ८ जना संक्रमित थपिएका छन् ।

महानगरको वडा ११ मा दुई जना र २८ र ३२ मा एक र एक जनामा कोरोना पोजिटिभ देखिएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका(८ र चैनपुर ८ मा एक र एक जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बाराको कोल्भि नगरपालिकाका–३ जना, अमौर टोक्नी वडा २, कलैया उपमहानगरपालिकाका २, बारागढि गाउँपालिकामा( ४ जना र इलाका प्रहरी कार्यालय बारागढीमामा एक एक जना संक्रमित थपिएका छन् । रौतहटका संक्रमित दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का मात्रै २२ जना छन् ।

त्यस्तै गण्डकी प्रदेशमा थप ११ जनासंक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुने कास्कीको पोखरा महानगरपालिकाका ९ जना, बागलुङको तमान खोला गाउँपालिकाका–१ का २६ वर्षीय पुरुष र नवलपरासी (सुस्ता पूर्व) को गैंडाकोट नगरपालिकाका–१ का ५४ वर्षीय पुरुष छन्।

पोखरा र बागलुङका १० जनाको क्षयरोग उपचार केन्द्र पोखरामा र गैंडाकोटका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गरिएको थियो। पोखरा महानगरपालिका–१३ की ३८ वर्षीय महिला साउदी अरबबाट आएकी हुन्।

पोखरा–१७ का र वडा नखुलेका २२ र २४ वर्षका २ जना पुरुष भारतबाट आएर क्वारन्टिनमा बसेका हुन्। अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *