Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने नपार्ने निर्णय आज हुँदै

हिमालय टिभी
२०७७ भदौ २४ गते ७:३८
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने नपार्ने निर्णय आज हुँदै

२४ भदौ, २०७७, काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने भन्नेमा आज बैठक बसेर निर्णय गर्ने भएका छन् ।

आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् ।

सरकारले लगातार निषेधाज्ञा मात्रै बढाएकोमा जनस्तरबाटै त्यसको विरोध हुन थालेको छ । निषेधाज्ञाप्रति व्यक्त भइरहेको असन्तुष्टिबारे आफूहरु जानकार रहेको प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले हिजो गृह सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा गरेका छन् । छलफलमा जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने बारे कुराकानी भएको थियो ।

देशभर हाल ३७ जिल्लामा निषेधाज्ञा छ र त्यसमध्ये उपत्यकाका तीनसहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *