कोरोनाबाट सिर्जित मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

२३ भदौ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण सिर्जित मनोसामाजिक समस्या सम्बोधन गर्नेगरी तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिनुभएको छ ।
बालुवाटारमा मनोचिकित्सकसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गनुपर्नेमा जोड दिनुभएको हो ।
यसमा मनोचिकित्सकहरूको विशेष योगदान हुने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले ओलीले कोरोनाको प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतना अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
प्रधानमन्त्रीले प्राध्यापक डाक्टर सुदर्शन नरसिह प्रधान,सरोजप्रसाद ओझा, दिव्यासिह शाह, डाक्टर पशुपति महत, रितेश थापा सगुन पन्त अनन्त अधिकारी, फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतसँग छलफल गर्नुभएको हो ।
छलफलमा चिकित्सकहरुले प्रधानमन्त्रीसमक्ष अहिलेको अवस्थामा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया