Main News

पीसीआर टेष्ट बढाउन निजी अस्पताललाई अनुमति, तर काम किन सन्तोषजनक भएन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते २०:०३
पीसीआर टेष्ट बढाउन निजी अस्पताललाई अनुमति, तर काम किन सन्तोषजनक भएन ? (भिडियोसहित)

२२ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना परीक्षणको अनुमति दिएसँगै निजी अस्पतालका प्रयोगशालामा पनि शुल्क लिएर कोरोना परीक्षण भैरहेको छ । दैनिक पीसीआर टेष्ट बढाउने भन्दै निजी अस्पताललाई परीक्षणको लागि अनुमति दिए पनि निजी प्रयोगशालाको काम सन्तोषजनक छैन ।

अहिले देशभरीका ४८ वटा प्रयोगशालामा कोरोना भाइरसको पीसीआर परिक्षण हुन्छ । ४८ मध्ये ८ वटा निजी र ४० वटा सरकारी प्रयोगशाला छन । शुरुमा सरकारी प्रयोगशालामा मात्र परीक्षण हुन्थ्यो ।

तर पछि परीक्षणको दायरा बढाएर निजी प्रयोगशालालाई अनुमति दिइयो । निजी प्रयोगशालाले अनुमति पाएपछि परीक्षण सहज हुने, इच्छुकले पैसा तिरेर परिक्षण गर्ने हुँदा सरकारी प्रयोगशालामा चाप कम हुने अपेक्षा थियो । तर ८ वटा निजी प्रयोगशालाले परीक्षण गर्दा पनि सोचे अनुसार काम भएका छैन ।

निजी प्रयोगशालामा यसअघि धेरै नै विकृति थियो । कोरोना परीक्षणमा पनि त्यो विकृति हुने हो कि भन्ने चिन्ता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर रुणा झालाई थियो र छ। व्यक्तिगत रुपमा उहाँ निजी अस्पताललाई परीक्षणको अनुमति दिने पक्षमा हुनुहुन्थेन । जुन कुरा उहाँले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा शुक्रवार प्रष्टैसँग राख्नुभयो ।

तर सबैतिरबाट दबाब आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी प्रयोगशालालाई परीक्षणको अनुमति दियो । अहिले पनि केही निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउनु पर्ने भन्दै अनुमतिका लागि दबाब दिईरहेका छन । तर त्यसमा व्यापार र नाफाको उद्देश्य बढी रहेको डाक्टर झाको बुझाई छ ।

निजी क्षेत्रका प्रयोगशालाका विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले गरेको यो आशंका गम्भीर छ, त्यसैले यो संकटका बेला व्यापार मात्रै होईन मुलुक र जनताको सेवा पनि हुने गरी निजी क्षेत्रका प्रयोगशालाबाट काम लिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *