Main News
मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक कुटेको आरोपमा पक्राउ परेका रिहा
२०७७ भदौ २२ गते १९:०९
२२ भदौ, २०७७ ललितपुर । निषेधाज्ञाको बेला रातो मच्छिन्द्रथानको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ७ जना रिहा भएका छन् ।
६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकाले उनीहरुलाई रिहा गरिएको हो ।
परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हाजिरी जमानीमा छोडिएको जानकारी दिनुभयो । उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।
घटनामा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । १३ जनालाई भने प्रहरीले छोडेको छैन । उनीहरुमध्ये १० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।
प्रतिक्रिया