Main News

जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय

हिमालय टिभी
२०७७ भदौ २२ गते १४:३४
जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय

२२ भदौ, २०७७ काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २०७४ सालदेखि रोकिएको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गर्नुभएको हो ।

मन्त्रालयले भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णय बदर गरेको हो । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतलाई यो निर्णयको परिपत्र गरिसकेको छ ।

हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको मन्त्रालयको परिपत्रमा उल्लेख छ।

भूमि उपयोगसम्बन्धी रोक लगाएका यसअघिका परिपत्र खारेज गरी नयाँ व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावली बनाई मन्त्रिपरिषदमा पेश गरेको छ । जुन पारित हुन भने बाँकी छ।

नियमावलीमा जग्गाको वर्गीकरण गरी त्यसै अनुसार प्रयोग गर्ने उल्लेख छ। तर, नियमावली पारित हुनुअघि नै मन्त्रीस्तरको निर्णयबाट मन्त्रालयले कित्ताकाँट खुला गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *